एजेन्सी–आइपीएल सट्टेबाजी मामलामा अरबाज खान शनिबार पुलिसथानामा पेश भए । सोधपुछको क्रममा उनले पछिल्लो पाँच वर्षदेखि सट्टेबाजीमा समावेश भएको कुरा स्विकारे । पछिल्ला केही वर्षमा उनले सट्टेबाजीमा तीन करोड भारु हारिसकेको पनि जानकारी दिए । उनले सट्टेबाजलाई पैसा दिन पनि अस्विकार गरेका थिए । जसका कारण अरबाजले धम्की पाउन थाले । पैसाका लागि मलाइकालाई समेत फोन आउन थाल्यो । हुन त सट्टेबाजीका साथै अन्य केही कारण पनि थिए जसले अरबाजलाई बर्बाद बनाएको थियो ।


ADVERTISEMENT


१. सलमानले दिएनन् साथः
सट्टाको लतले अरबाजलाई पूर्ण रुपमा बर्बाद गर्यो । पैसा कमाउने चक्करमा उनी पैसा हार्दै गए । यसबारे सलमानले पनि अत्यधिक असन्तुष्टि देखाएका थिए । अरबाजका अनुसार दिवालीको दिन सलमानले उनीमाथि हात उठाउन लागेका थिए, त्यतिबेला उनीहरुबीच उनकी आमा आएकी थिइन् । सलमानले साथ नदिएका कारण पनि अरबाज सफल हुन सकेनन् ।


ADVERTISEMENT

# # #


२. फिल्म पाइरहेका थिएनन्ः
अरबाजले सन् १९९६ मा फिल्म ‘दरार’ बाट आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानसँगै देखिए । अरबाजले केही मल्टी स्टारर फिल्ममा पनि अभिनय गरे तर उनको करियर सफल हुन सकेन । सन् २००४ मा हिट फिल्म ‘हलचल’ पछि उनी खासै चल्न सकेनन् । उनका केही सिमित फिल्म मात्र चले ।

३. चलेन उनको प्रोडक्सन हाउसः
अभिनयमा खासै जम्न नसकेपछि अरबाजले आफ्नो प्रोडक्सन हाउस खोले । सन् २०१० मा अरबाज खान प्रोडक्सन नामबाट प्रोडक्सन हाउस सुरु गरे । यो प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमानले मुख्य भूमिका निभाएका थिए र अरबाज मक्खीको भूमिकामा देखिएका थिए । त्यसपछि दबंग टु पनि बनाययो । अरबाज सलमानसँग ‘दबंग–थ्री’ मा काम गर्ने बताइएको थियो तर सलमानले अस्विकार गरे र फिल्म सुरु हुनु अघि नै अड्कियो । सट्टेबाजीको लतका कारण सलमानले अरबाजसँग काम गर्न अस्विकार गरेको बताइन्छ । त्यसपछि उनको प्रोडक्सन हाउसमा ‘फ्रिकी अली, ए तो टु मच हो गया, तेरा इन्तजार’ जस्ता फिल्म बने जो बक्स अफिसमा फ्लप भयो ।

४. श्रीमतीद्वारा सम्बन्धविच्छेदः
आफूले पैसा नतिरेपछि सट्टेबाजले मलाइकालाई फोन गरेर तनाव दिने गरेको जानकारी अरबाजले दिएका थिए । जसका कारण घरमा दैनिक झगडा हुने गरेको उनले बताए । यसैकारण विवाहको २० वर्षपछि मलाइकाले अरबाजसँग सम्बन्धविच्छेद गरेको बताइन्छ । मलाइकाले सम्बन्धविच्छेद गर्नका लागि १० करोड भारु माग गरिन् जुन अरबाजले दिनुपर्यो । मलाइका र अरबाजका एक छोरा छन् अरहान जो आफ्नी आमासँग बस्छन् ।