काठमाडौं–वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस–सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको भागाभाग सुरु भएको छ । एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार गर्न पल्किएका वीरका भ्रष्ट कर्मचारीहरु राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन थालेसंगै भागाभाग सुरु भएको हो ।


ADVERTISEMENT


वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता हुँदै आएपछि राष्ट्रिय सतर्कता केन्द्रले उपसचिव यमप्रसाद भुसालको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान समिति गठन गरी वीर अस्पतालको छानविन थालेको उच्च स्रोतले जनाएको छ । अस्पतालका कर्मचारीहरुले औषधि उपकरणदेखि मेसिनरी सामानहरुको खरिदमा करोडौंको अनिमियता गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


वीर अस्पतालमा कति धेरै भ्रष्टाचार हुने गरेको छ भन्ने जान्न केही अगाडि महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन पल्टाए पुग्छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले मात्र होइन ।

सार्वजानिक खरिद अनुगमनको कार्यालयले केही महिनाअगाडि वीर अस्पतालमा खरिदसम्बन्धी अनुगमन गर्दा त्यहाँ सबैभन्दा बढी अनियमितता हुने गरेको फेला परेको थियो ।

अनियमितताको विषयमा विगतको सरकार प्रमुख प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा, सार्वजनिक खरिद अनुगमन कार्यालयका साथ विभिन्न चरणमा गरेको अनुसन्धान प्रतिवेदनले वीर अस्पतालमा व्यापक अनियमितता भएको भन्दै छानविनका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो ।

यस्ता भ्रष्ट कर्मचारीहरुलाई केही निर्देशक, खरिद लगायतका आकर्षक ठाँउमा बसेर तर मार्न पल्किएका हाकिमहरुलाई वीर अस्पतालको सरसफाई र रंग लगाउन धुर्मुस सुन्तली खटिएको मन परेन । कारण उनीहरु आफैंले रंग रोगनको काम गर्न पाएको भए लाखौं कमिसन आफ्नै पोल्टामा पर्ने थियो । यही कमिसन चाख्न नपाएर छटपटिएका त्यहाँका भ्रष्ट कर्मचारीहरु नै सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध मिडियाबाजी गर्दै बदनाम गराउन उद्धत रहेको भेटिएको छ ।

केही दिन अगाडि मात्र त्यहाँका एक जना निर्देशकले धुर्मुस सुन्तलीलाई काम मात्र लगाएको तर सबै खर्च अस्प्तालले बेहोरेको बताए पनि धुुर्मुसहरुले बैंक अफ काठमाडौंले दिएको एक लाख रुपैंया बाहेक अरु सहयोग अस्पतालबाट पाएनन् । रंग लगाउनै पर्ने थियो, काम लगाएकालाई पारिश्रमिक पनि दिनैपर्नै थियो । उनले सहयोगीहरुको हात खोजे । धुर्मुस–सुन्तलीका कामको प्रंशशा गर्दै सहयोगीहरुले सहयोग पनि दिए । यो अवधीमा उनले जति सहयोग पाए आफ्नो आधिकारिक वेव पेजमा सबै सार्वजानिक गरिदिएका छन ।

धुर्मुस सुन्तली फाउन्डेसनको वेब पेजमा हालसम्म स्वस्फुर्त सहयोग गर्नेहरुबाट १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन गरिएको विवरण उल्लेख गरिएको छ । ८२ जना पेन्टरहरुलाई पारिश्रमिक समेत जोड्ने हो भने ४८ लाख ६४ हजार १ सय ४४ खर्च भएको धुर्मुसको भनाइ छ । उनकै भनाइलाई आधार मान्ने हो भने धुर्मुस वीर अस्पताल सरसफाइ गर्दा झण्डै ३४ लाख ऋणमा छ छ फाउन्डेसन ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस–सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको जिम्मा लिएको थियो । गत बिहीबार वीर अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताएकी थिइन् ।