दमक– इलामको माङसेबुङ गाउँपालिका ४ स्थित बागमारा खोलामा पुल निर्माण गर्ने क्रममा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा माङसेबुङ ४ बस्ने २८ वर्षीय नियुशन लिम्बु रहेका छन् ।


ADVERTISEMENT


लिम्बु निर्माणाधीन पुलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि दमकको आम्दा अस्पतालमा ल्याई पुर्‍याउँदा लिम्बुको बुधबार साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृतकको शव आम्दा अस्पताल दमकमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरी चौकी बाझोले जनाएको छ ।