बाँके– बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाईकलको ठक्करले गम्भीर घाईते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक बासगढी ६ का ३८ वर्षीय दन्ननाथ बुढाथोकी घाइते भएका छन् । रासस