काठमाडौँ– गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँच हजार ९६० जना प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT


कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार, आज बिहान १० बजेसम्ममा एक सय ६१ स्थानीय तहको मतगणना पूरा भएको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा १३ हजार ५५६ पदका लागि निर्वाचन भएको थियो । पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष एक सय ६१, उपप्रमुख वा उपाध्यक्ष एक सय ६१, वडाध्यक्ष एक हजार ३२२, वडा सदस्य दुई हजार १९२, महिला सदस्य एक हजार ९५ र दलित महिला सदस्य एक हजार ३० निर्वाचित आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

यसैगरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदानकार्य शान्तिपूर्णरुपमा भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । त्यहाँ उम्मेदवारको निधनका कारण वैशाख ३१ को निर्वाचन स्थगित भएको थियो ।