काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ ।


ADVERTISEMENT


सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


१५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीयरकार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ । – आजको कान्तिपुृरबाट