काठमाडौं–जर्मनी अझै साबिक विजेताको रुपमा विश्वकपमा कायमै छ । पहिलो खेलमा मेक्सिकोसँग स्तब्ध बनेको जर्मनी सोचीमा स्वीडेनविरुद्धको खेलमा पनि पहिलो हाफमा ओला टोइभानेनको गोलले गर्दा १–० ले पछि परेको थियो ।


ADVERTISEMENT


तर, १० खेलाडीमा सिमित भएर पनि मार्कोस रिउस र टोनी क्रुसको जोडीले जर्मनीलाई विश्वकपबाट बाहिरिनबाट जोगाएका छन् । खेलको दोस्रो हाफमा रिउसले गोमेजको पासमा गोल गर्दै खेल बराबरी गरे भने क्रुसले इन्जुरी समयको अन्त्यतिर गोल गर्दै जर्मनीलाई महत्वपूर्ण तीन अंक दिलाए ।


ADVERTISEMENT

# # #


दुई चरणको खेलपछि समूह एफमा मेक्सिको दुई खेलमा दुई जीतसहित शीर्ष स्थानमा रहेको छ भने समान तीन अंक बटुल्दै जर्मनी र स्वीडेन दोस्रो र तेस्रो स्थानमा छन् । एक खेलमा पनि जीत हासिल नगरेको दक्षिण कोरिया समूहको चौँथो स्थानमा छ ।

अब समूहको अन्तिम खेलमा स्वीडेन र मेक्सिको भिड्ने छन् भने जर्मनीले कोरियाको सामना गर्नेछ । यस्तोमा अब नकआउट चरणमा पुग्न जर्मनीलाई तुलनात्मक रुपमा सहज देखिन्छ । किनभने कोरियाले यो विश्वकपमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । यद्यपि, अन्तिम खेलमा जर्मनीका लागि जीत महत्वपूर्ण हुन्छ ।

समूहमा यस्ता छन् तीन सम्भावना:

१. मेक्सिको र जर्मनी
यदी मेक्सिकोले स्वीडेनसँग बराबरी मात्र गरे पनि ऊ समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ । यस्तोमा जर्मनीले दक्षिण कोरियालाई हराउनै पर्ने हुन्छ ।

स्वीडेनले बराबरी खेल्दा यता जर्मनीले पनि बराबरी गरे । कसले कति गोल गर्यो भन्ने कुराले जर्मनी वा स्वीडेन को अर्को चरणमा जान्छ भन्ने कुरा निर्धारण गर्नेछ ।

तर, मेक्सिकोले स्वीडेनलाई हराएको खण्डमा जर्मनीले कोरियासँग बराबरी खेले मात्र पुग्छ ।

२. मेक्सिको र स्वीडेन
स्वीडेनले मेक्सिकोसँग बराबरी गर्दा जर्मनी कोरियासँग हार्यो भने मेक्सिको र स्वीडेन अर्को चरणमा पुग्नेछन् । स्वीडेनले मेक्सिकोलाई हरायो भने र जर्मनी जीतविहीन बन्दा पनि मेक्सिको र स्वीडेन अर्को चरणमा पुग्नेछन् ।

दुवै खेल बराबरी भए गोलको आधारमा स्वीडेन र जर्मनीबीच कुन टोली जानेछ भन्ने निर्धारण गर्नेछ ।

३. स्वीडेन र जर्मनी
तथ्यांकलाई हेर्दा यो सम्भावना पनि अझै कायमै छ । यसका लागि अन्तिम खेलमा जर्मनी र स्वीडेन दुवैले आ–आफ्नो अन्तिम खेल जित्नुपर्ने हुन्छ ।

यसमा स्वीडेनले मेक्सिकोलाई कम्तिमा ३–० गोलअन्तरले हराउनुपर्छ किनभने यतिबेला मेक्सिकोको गोलअन्तर २ रहेको छ । दुवैले जीत निकाल्दा तीन टोलीको समान ६ अंक हुन्छ जसमा गोलअन्तरले शीर्ष दुई निर्धारण गर्नेछ ।