कास्की– प्रदेश नं ४ का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई सङ्गसङ्गै लैजानुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषदले पोखराको पामेमा ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाइ महोत्सवमा पहारीले  उक्त कुरा बताएका हुन् । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै राजिब पहारीले सरकारले ल्याएको समृद्धिको अभियान लाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि  लानु पर्ने बताए । यसो हुदा कृषि र पर्यटन मन एकले अर्कालाई टेवा पुग्ने बताएका छन् ।


ADVERTISEMENT


उनले २२ भन्दा बढि देश देशबाट आएका अन्तर्राष्ट्रिय पर्यटक, उल्लेखनीय मात्रामा उपस्थित भएका आन्तरिक पर्यटक, र स्थानीयहरुको उपस्थित रहेको रोपाइ महोत्सवमा पहारीले स्थानीय र अर्गानिक कृषि खाद्य उत्पादन गरि पर्यटकलाई उपभोग गर्न सके स्थानीय कृषकको पनि आय वृद्धि हुने र पर्यटन क्षेत्रको पनि विकास हुने ठोकुवा समेत गरेका छन् । पहारीले नेपालमा कृषि पर्यटनको सम्भावना भएको बताए ।


ADVERTISEMENT

# # #


महोत्सवमा अन्तर्राष्ट्रिय एवम् आन्तरिक पर्यटकले हिलो छेप्दै, धान रोप्दै, असारे गितमा नाच्दै रमाएका थिए । नेपाली किसानलाई मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपालको रोपाइ संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवद्वन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी भरत पराजुलीले जानकारी दिए ।