काठमाडौँ– व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाएकी थिइन्।


ADVERTISEMENT


बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गरेका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो । यस्तै, बैठकमा आर्थिक वर्ष २०७४/७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो ।


ADVERTISEMENT

# # #


सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।

आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।