काठमाडौं – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । २०७१ सालमा स्थापना भएको यस संस्थाले सोमबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


संस्थाले कार्यक्रमका अवसरमा स्वावलम्बी बहिरा आधारभूत विद्यालय मुरलीभञ्ज्याङमा रहेका ५५ जना अपाङ्ग बहिरा विद्यार्थीहरुका लागि शैक्षिक, खेलकुद र भौतिक सामग्री गरी कुल ५० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त वार्षिकोत्सव कार्यक्रममा सभापति तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले संस्थाको बारेमा जानकारी गराएको थिए । संस्थाले चार वर्षको अवधिमा ३३ जिल्लामा रहेका ४० वटा शाखा कार्यालयमार्फत ६२ अजार घर परिवारलाई आफ्नो सेवा प्रदान गरिरहेको तथा उनीहरुमा कुल रु २ अर्ब ४० गरोड कर्जा लगानीमा रहेको उनले बताए ।

यस्तै २१० जना कर्मचारी रहेको यस संस्थाले सदस्यहरुबाट रु. ७३ करोड बचत परिचालन गरेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत यादवले सदस्यहरुको हितलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा कोष खडा गरेको र विभिन्न विप्रेषण सेवा सञ्चालन गरेको बताए ।

यस्तै संस्थाको वार्षिकोत्सवको उपलक्ष्यमा सबै (४० वटा) शाखा कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम पनि गरिएको छ । साथै महिला सदस्यहरुलाई बेमौसमी तरकारी खेती, कुखुरापालन तथा बाख्रापालन सम्बन्धी तालिम पनि दिईको संस्थाले जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरत पाण्डे प्रमुख अतिथी रहेको वार्षिकोत्सव कार्यक्रममा जिल्ला सम्वन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रहरी नायब उपरिक्षक डम्बर वि.क. लगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।