पर्सा– प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे ।

बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।

‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं ।’