एजेन्सी– उत्तर–पश्चिम टर्कीमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलले यसको पुष्टि गरेको हो ।


ADVERTISEMENT


रिपोर्ट अनुसार बुल्गारियाको सीमामा रहेको कापिकुल शहरबाट उक्त रेल इस्तान्बुल जाँदै थियो ।


ADVERTISEMENT

# # #


सरकारी टेलिभिजन च्यानल टीआरटी हेबरका अनुसार रेलको ६ वटा डिब्बा ट्र्याकबाट उत्रिएको छ जसमा करिब तीन सय ६० यात्री थिए ।

दुर्घटनाका कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर प्रशासनले यसको कारण खराब मौसम र पहिरो बताइएको छ ।

उक्त रेल टेकिरदा प्रान्तमा ट्र्याकबाट उत्रिएको हो । स्थानीय गभर्नर मेहमत सीलानले एनटीवीसँग दुर्घटनास्थलबाट हेलिकोप्टरमा घाइतेलाई उपचारका लागि लगिएको बताइएको छ ।

बचाउकर्मी घटनास्थलमा पुगेर डिब्बाबाट घाइतेलाई निकालिरहेको टेलिभिजन फुटेजमा देख्न सकिन्छ ।

रुसी समाचार सूत्रका अनुसार उक्त दुर्घटनामा रुसी पर्यटक पनि घाइते भएका छन् ।