जुम्ला — डा. गोविन्द केसीको अनसन स्थल खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर एक जना प्रहरी नै घाइते भएका छन् । छातीमा गोली लागेर घाइते प्रहरीको प्रतिष्ठानमै उपचार भइरहेको छ ।


ADVERTISEMENT


सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ । अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज र गोली प्रयोग गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् ।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए।