File Photo


ADVERTISEMENT


काठमाडौं । नेविसंघको विधिवत महाधिवेशनका लागि पटक पटक अनसन बसेका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले पुनः आमरण बस्ने चेतावनी दिएका छन् । विधिवत १२औं महाधिवेशनको माग गर्दै बाल्मिकी क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा उनले यसपटक पनि विधिवत महाधिवेशन नगर्ने षड्यन्त्र शुरु भएको भन्दै त्यस्तोे चेतावनी दिएका हुन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य रहेका सापकोटा यस अघि २ पटक आमरण अनसन बसिसकेका छन् ।


ADVERTISEMENT

# # #


अहिले पार्टीभित्रको सर्बसत्तावाद र अर्कोतिर केपी ओलीको सर्वसत्तावादसँग एकै पटक लड्नुपरेको छ सापकोटाले भने, “विधिवत महाधिवेशन नगराउने खेल भइरहेको छ । फेरी, आमरण बस्न तयार छौं ।”

कार्यक्रममा प्रमुख अतिथि रहेका संघका पूर्व सहमहामन्त्री बलदेव तिमल्सिनाले कुनै पनि हालतमा निर्धारित मितीमै १२औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । विधिवत महाधिवेशन नभए सम्म आफुहरुको दवाब अभियान नरोकिने उनले बताए ।

पूर्व केन्द्रीय सदस्य युवराज पाण्डेले महाधिवेशनको अर्को विकल्प नभएको भन्दै महाधिवेशनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका नेताहरु वीपीन अधिकारी, दुजाङ शेर्पा, कुमार दुलाल, निमा गिरी, निरञ्जन थापा, गोपीकुमार शिवाकोटी लगायतले विधिवत महाधिवेशनको बाटो नहिँडे संगठन कमजोर हुने भन्दै दबवब अभियान देशैभर लानुपर्नेमा जोड दिए ।