काठमाडौं– काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन् ।


ADVERTISEMENT


काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


अदालतमा २० देखि २० वर्ष समूहका युवा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन् । जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजार जति टुंगिएका हुन् ।

देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्धविच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्नेछ ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म १५ हजार ३८० मुद्दा दर्ता भएका छन् ।

तथ्यांक हेदा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढ्दैछन् । अदालतका उपसचिव तथा स्रस्तेदार कृष्णप्रसाद नेपालका अनुसार घमा एकदमै पीगित भएर अदालत पुग्ने महिला कमै मात्र छन् । धेरैजसो श्रीमान विदेश गएर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्धविच्छेदका लागि आउने गरेका छन् । – आजको नागरिक दैनिकबाट