एजेन्सी– सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए ।


ADVERTISEMENT


तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ । साथै सलमानले यस चलचित्रको धूम ४ को नाफा मागेसँगै आदित्यले शाहरुखलाई फाइनल गरेका हुन् ।


ADVERTISEMENT

# # #


चलचित्रमा शाहरुख भिलेनको भूमिकामा देखिन्दैछन् । यसअघि शाहरुखले आदित्यको चलचित्र डर र बाजिगरका भिलेनको रूपमा खेलिसकेका छन् । चलचित्रलाई विजय कृष्णले निर्देशन गर्दछन् ।

चलचित्रमा शाहरुख भिलेनको भूमिकामा हुनेछन् भने हालसम्म नायक को हुनेछन् निर्माण पक्षले खुलाएको छैन ।