कञ्चनपुर– कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या संलग्नतामा पक्राउ परेका अभियुक्त बास्तवीक नभएको भन्दै गरीएको आन्दोलनले उग्र रुप लिएको छ । कन्चनपुर आन्दोलनले भिषण रुप लिंदै गर्दा गोली चलेको छ जसबाट एक जना घाईते भएका छन् ।


ADVERTISEMENT


बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि महेन्द्रनगर बजारमा सुरु भएको आन्दोलन जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ।


ADVERTISEMENT

# # #


महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको हो । प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन् ।

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो ।

घटनाबारे थप विवरण आउन बाँकि छ ।