काठमाडौं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल माल्दिभ्ससंग १-० ले पछाडी परेको छ । खेलको ८ औं मिनेटमा विमल घर्ती मगरले डी बक्स बाहिर फउल गरेपछि माल्दिभ्सले फ्रिकिक माफर्त गोल गरेको हो ।


ADVERTISEMENT


माल्दिभ्सका लागि अक्रम अब्दुल घानीले गोल गर्न सफल भए ।


ADVERTISEMENT

# # #


नेपालविरुद्ध माल्दिभ्सको मनोवैज्ञानिक पक्ष हावी देखिएको छ । समूह चरणमा श्रीलंका र भारतसँग खेलेको माल्दिभ्सले गोल गर्न सकेको थिएन । तर, माल्दिभ्सले नेपालविरुद्ध गोल गर्दै इतिहास निरन्तरता दिने संकेत गरेको छ ।