काठमाडौं– केही दिनअघि मलेसियामा भएको विषाक्त रक्सी सेवनको घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । शुक्रबारसम्मको जानकारी अनुसार सो विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या मात्रै ७ पुगेको हो ।


ADVERTISEMENT


मलेसियास्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै विषाक्त रक्सी सेवनका कारण मृत्यु हुने नेपाली ७ जना पुगेको जनाएको छ । सो घटनामा बिरामी परेका अन्य १२ जनाको भने मलेसियाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था अझै पनि गम्भीर छ । ५ जना भने उपचारपछि निको भइसकेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


विषाक्त रक्सी सेवन गर्नेहरुमा टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, आँखा धमिलो हुने, पेट दुख्ने, रिंगटा लाग्ने, छिटो छिटो श्वास बढ्ने जस्ता लक्षण देखिएको थियो ।

रक्सी सेवनका कारण सिकिस्त बिरामी परेका नवलपरासी देउराली– ८ का दुर्गा सिंह रानाको उपचारका क्रममा ज्यान गएको दूतावासले जनाएको छ ।

यसअघि धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको ज्यान गएको थियो । सो घटनमा नेपालीसहित १५ जनाको ज्यान गएको जानकारी यसअघि नै आएको थियो ।