काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा सिंगापुरतर्फ लागेका छन् । थापा शुक्रबार राति सिंगापुरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


उनी असोज ८ गते सिंगापुरमा हुने ‘बिम्स्टेक एट २०ः प्रायोरिटिज एन्ड प्रोस्पेक्ट’ सम्बन्धी कार्यशालामा सहभागी हुन त्यतातर्फ लागेको बताइएको छ । सो कार्यशालालाई अध्यक्ष थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यतिखेर पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिंगापुरमा छन् । उनी सिंगापुरमा उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय रहेको बताइएको छ । कतिपयले थापाको यो भ्रमणलार्इ पूर्वाराजासँग जोडेर पनि हेरेका छन् । इद्यपि प्रचार विभागका प्रमुख श्रेष्ठले भने सिंगापुरमा पूर्वराजासँग भेट्ने कुनै कार्यक्रम नरहेको बताएका छन् । तर उनले पूर्वराजासँग भेट्नै हुन्न भन्ने पनि नरहेको बताए ।

सिंगापुर जाने क्रममा अध्यक्ष थापाले मलेसियामा राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाजले आयोजना गर्ने विशेष भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।