कास्की– पछिल्लो मिय नेपालमा बलात्कर पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ ।


ADVERTISEMENT


बालिकाको हत्या गरी नग्न अवस्थामा झाडिमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी हुन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् ।


ADVERTISEMENT

# # #


घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी आमासँगै पुम्दीभुम्दीस्थित मामाघरमा बस्दै आएकी थिइन् । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।