काठमाडौं– महोत्तरी झाडापखाला फैलिएपछि महोत्तरीको जलेश्वर–१२ नैन्ही गाउँका स्थानीय पिरोलिएका छन् । एकै दिन २१ जनासम्म झाडापखालाका बिमारी फेला परेका छन् । गत भदौ २९ गतेदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानीय आक्रान्त बनेका छन्। तर, झडापखाला फैलिनुको कारण अहिलेसम्म खुलेको छैन।


ADVERTISEMENT


मंगलबार झाडापखालाका २१ बिरामी फेला परेसँगै पीडित हुनेको संख्या २ सय ६५ पुगेको स्वास्थ्य शिविरका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए। सोमबार २८ जनामा झाडापखालाको समस्या देखिएको थियो। झाडापखालाबाट हालसम्म ४५ जना गम्भीर बिरामी परेका छन्।


ADVERTISEMENT

# # #


२५ जनालाई शिविर र २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर रेफर गरिएको थियो। असोज २ गतेयता चौबीसै घण्टा स्वास्थ्य शिविर सञ्चालनमा छ। ४ वर्षीया खुश्वु खातुनको झाडापखालाका कारण ज्यान गइसकेको छ। स्थानियको अनुसार भाद्र २५ गते भारतीय बजार सुरसन्डबाट एक व्यापारीले एक सय रुपैयामा तीन किलो माछा बिक्री गर्न आएका थिए। उनले १ सय रुपैयाँमा ३ किलो माछा सो गाउँमा बिक्रि गरेर गएका थिए । त्यो माछा खाएपछि गउँमा झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरिएकाको छ । – आजको अन्नपुर्ण पोष्टबाट