लुक्ला – लुक्ला विमानस्थलको हेलिप्याडमा रोकिरहेको माउन्टेन एयरको हेलिकप्टरलाई माथिबाट आएको एयर डाइनेस्टीको हेलिकप्टरले ठक्कर दिएको छ।


ADVERTISEMENT


यसरी ठक्कर दिंदा माउन्टेनको हेलिकप्टरमा क्षति पुगेर उड्न नसक्ने अवस्थामा पुगेको माउन्टेन एयरका म्यानेजर दिलबहादुर ओलीले जानकारी दिए। अवतरणको क्रममा हेलिकप्टरको हावाको चाप वा अन्य केही कारणले क्षति पुगेको हो भन्ने कुराको यकिन हुन नसकेको उनले जानकारी दिए।


ADVERTISEMENT

# # #


लुक्लामा थोरै हेलिप्याड भए पनि त्यहाँ धेरै उडानको चाप रहेको छ। एकैपटक धेरै जाने र आउने प्रक्रिया चलिरहने भएकोले पनि यस्तो भएको हुनसक्ने बताइन्छ। तर रोकिएको हेलिकप्टरलाई क्षति पुग्नेगरी अवतरणको प्रायास गर्नु कमजोरी भएको अधिकारीहरुको भनाइ छ।