डोटी– मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी गाउँपालिका–७, पोखरीकी जगुदेवी खड्काको जवाफ छ, ‘नागरिकता पाउँदा ।’ हुन पनि उनले १ सय १ वर्षमा आइतबार नागरिकता पाइन् । ‘यो उमेरमा नागरिकता लिन पाउँदा मन फुरुङ्ग भएको छ’, प्रफुल्ल मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सरकारले सम्मान र सुविधा पनि दिन्छ कि ? ’


ADVERTISEMENT


जगुदेवीलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिनका लागि कतै पनि कागज बुझाउनु परेन । ८० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएकी थिइन्, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘हजुरआमाले चिनाका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ जगुदेवीका नाति तेजेन्द्रकुमार खड्काले भने ।


ADVERTISEMENT

# # #


सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य ग¥यो । अनि मात्रै जगुदेवीका लागि नागरिकता जरुरी प¥यो । ‘अहिलेसम्म मलाई यो (नागरिकता) चाहिएकै थिएन’, उनले भनिन् । – आजको अन्नपूर्ण पोष्ट दैनिकबाट