काठमाडौँ– चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ ।


ADVERTISEMENT


दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाएको छ ।


ADVERTISEMENT

# # #


चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै संचालनमा आउने भएको हो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।