काठमाडौं । विश्वका गरिब मुलुकहरुका लागि रोजगार सिर्जना गरी गरिबी अन्त्य गर्न सघाउ पुर्‍याउने गतिशील व्यवसाय प्रवर्धन अत्यावश्यक भएकोमा जोड दिइएको छ ।


ADVERTISEMENT


व्यापार र विकासमा संयुक्तराष्ट्र सम्मेलन (युएनसीटीएडी)ले मंगलबार सार्वजनिक गरेको अतिकम विकसित राष्ट्रहरुको उद्यमशीलतासम्बन्धी प्रतिवेदनमा उक्त जोड दिइएको हो ।


ADVERTISEMENT

# # #


अतिकम विकसित मुलुकले संरचनागत रुपान्तरणका लागि उद्यमशीलता विकासमा जोड दिनुको विकल्प नभएको प्रतिवेदनले औंल्याएको छ ।

उद्यमशीलताले नयाँ कुराहरुको सिर्जना गर्नसक्ने र पूर्वाधारको विकासमा सहज हुनेछ ।

अतिकम विकसित मुलुकहरुले विकासका लागि स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने, स्वदेशमा नै उद्यमशीलताको विकास गर्नुपर्ने र निजी क्षेत्रलाई उद्यमशीलतामा जोड दिनुपर्ने प्रतिवेदनको निचोड छ ।