पर्सा– मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुईजना युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


सिसी टिभी क्यामराको मद्दतले मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा बारा कलैया उपमहानगरपालिका–१४ का सञ्जय यादव र बारा नौतन बहुवरी–१ का अजहर साह मुस्लमान रहेका छन् ।


ADVERTISEMENT

# # #


वीरगन्जको माईस्थानस्थित एसके ट्रेडर्स अगाडि पार्किङ गरी राखिएको ना२९प ७७७३ नंको मोटरसाइकल चोरी भएको अभियोगमा अजहरलाई र ना२७प ९२२० नंको मोटरसाइकल चोरी भएको झुठो निवेदन दिने धनी सञ्जयलाई सिसी टिभी क्यामराको मद्दतले पक्राउ गर्न सफल भएको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

असार ८ गते बेलुका माईस्थानमा पार्किङ गरी राखिएको मोटरसाइकललाई चोरी गर्ने उद्देश्यले मोटरसाइकलको अगाडिको नम्बर प्लेट खोलिरहेको अवस्थामा ससी टिभी क्यामराबाट देखिएपछि अजहरलाई पक्राउ गर्न सफल भएको प्रवक्ता जोशीले बताए ।

आफ्नै नाममा दर्ता रहेको ना२७प ९२२० नंको मोटरसाइकललाई वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा राखी प्रहरीलाई मोटरसाइकल चोरी भएको निवेदन दएपछि घटनाको छानबिन गर्दा अस्पतालमा जडान गरिएको सिसी टिभी क्यामरामा धनीले नै मोटरसाइकल पार्किङ गरेको फेलापरेपछि आवश्यक अनुसन्धानका लागि सञ्जयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चालु आवको ११ महिनामा वीरगन्जको विभिन्न स्थानबाट ६८ वटा मोटरसाइकल चोरी भएको निवेदन जिप्रका, पर्सामा दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये २२ मोटरसाइकललाई प्रहरीले फेलापारे पनि चोरीमा संलग्न रहेको अभियोगमा केसैलाई पक्राउ गर्न नसकिएको प्रवक्ता जोशीले बताए । उनले जिप्रकामा दर्ता भएका निवेदनमध्येका पाँचवटा मोटरसाइकल नगरको विभिन्न स्थानबाट लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेको छ भने १६ वटा मोटरसाइकल साटिएर सञ्चालनमा रहेको अवस्थामा बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवै अभियुक्तलाई जिप्रका, पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।