काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ६१ औं शाखा कामठाडौँको न्युरोडस्थित खिचापोखरीमा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबारदेखि सञ्चालनमा आएको उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमूख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयसक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा प्रमूख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेगलगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

बैँकले देशभर ६१ वटा शाखा तथा १६ वटा एटीएममार्फत बैँकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।