काठमाडौँ– एनआईसी एशिया बैंकले भोजपुरको बैकुण्ठेमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ६, बैकुन्ठेमा बैँकले बैँकिङ सेवा सुुरु गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको गाउँपालिका प्रमुख विजय राईले शुक्रबार उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकले देशभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।