काठमाडौँ– राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातले कास्की जिल्ला खेलकुद समितिका पदाधिकारीहरुसंग अन्तरक्रिया गरेका छन् ।


ADVERTISEMENT


आइतबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एआइजी बस्न्यातले तालिम केन्द्र, तालिमको संभाव्यता, भौतिक पूर्वाधार, प्रशिक्षण गतिविधि, प्रदेश तथा जिल्ला खेलकुद विकासको वर्तमान अवस्था लगायतका विषयमा अन्तक्रिया गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमा प्रदेश तथा जिल्ला खेलकुद गतिविधिको वर्तमान अवस्था, समस्या, चुनौतिहरु र नेपाल प्रहरी खेलकुद समितिको भूमिकाका सम्बन्धमा पनि छलफल भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका मेयर मान बहादुर जिसि, जिल्ला खेलकुद समितिका अध्यक्ष याम बहादुर गुरुङ्ग, राष्‍ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ्ग लगायतको उपस्थिति थियो ।