काठमाडौं । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।


ADVERTISEMENT


गए राति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन्।


ADVERTISEMENT

# # #


सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।