काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ। यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन्।


ADVERTISEMENT


उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि नजिकैबाट टिपर हुइँकिएर आउँदा लामो सास फेर्न विवश छन्।


ADVERTISEMENT

# # #


अनियन्त्रित गति र लापर्बाहीका कारण टिपरको ठक्करले मानिसको मृत्यु हुने क्रम बढे पनि सरकारी निकायले नियन्त्रण गर्न सकेको छैन।

कतिपय उपत्यकावासीमा सडकमा टिपर आँउदा ज्यानै लिन आएजस्तो असुरक्षित महसुस हुने तथा सडक छाडेर भाग्नु नै सुरक्षित उपाय हो भन्नेसम्मको मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको गुनासो छ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म उपत्यकामा टिपरको ठक्करबाट आठ जनाले ज्यान गुमाइसकेका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा मात्रै ६६८ वटा टिपर निरन्तर गुड्ने गर्छन्।

गत आर्थिक वर्ष २०७४÷७५ मा टिपरको ठक्करले उपत्यकामा २१ जनाको मृत्यु भएको थियो । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई प्रहरीले समेत विशेष निगरानीमा राख्न सकेको छैन।

जसका कारण पैदय यात्रु, दुईपांग्रे सवारी र चारपांग्रे सवारी समस्यामा पर्ने तथा आतंकित बन्ने गरेका छन् । पछिल्लोपटक १४ माघमा मोरङमा टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भयो।

प्रहरीले दुर्घटनाको कारण अनियन्त्रित गति र चालकको लापर्बाही नै भएको ठहर गरेको छ । यस्ता अधिकांश दुर्घटनाको कारण भने चालकको लापर्बाही, अनियन्त्रित गतिमा सवारी चलाउने र ओभरटे हुने गरेको प्रहरी बताउँछ।

लापर्बाहीबाट दुर्घटना भएकै कारण टिपरलाई सडकमा विभिन्न समयमा निश्चित समय मात्र आवतजावत गर्न दिइने गरिएको छ । तर, यस्ता नियम भने जिल्लापिच्छे प्रशासनले तोक्ने गरे पनि दुर्घटनामा कमी आउन सकेको छैन।