घोराही – घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ ।


ADVERTISEMENT


महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले रु २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले रु २० लाख ११ हजार १११ दान गरेका हुन्।

ठूलो रकम दान दिनेहरुमा घोराही उपमहानगरपालिका–६ बचा निवासी केशव महराले रु छ लाख ८० हजार, चोरगाउँ निवासी जगवीर चौधरीले रु पाँच लाख ६१ हजार, पन्नेपुर निवासी चुर्णबहादुर वलीले रु दुई लाख ७१ हजार पाँच, वडा नं ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले रु तीन लाख एक हजार १०५ रहेको छ ।

वडा नं १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले रु दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुर निवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले रु एक लाख १६ हजार १११ दान दिएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य छन् ।

विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गरेका छन् । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज समापन हुँदैछ ।