काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलमले श्रमजिवी पत्रकारहरुको मूल्यको सम्मान हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राज्यको चौथो अंगको रुपमा काम गर्ने पत्रकारहरुको सम्मान गरिनुपर्ने बताएका हुन् । ।


ADVERTISEMENT

# # #


उनले सेना, प्रहरी, निजामति कर्मचारीको अस्पताल भएजस्तै पत्रकारका पनि अस्पताल हुनुपर्ने बताए । नेता आलमले भने, ‘हाम्रो देशमा प्रहरीका लागि अस्पताल छ, सेनाको लागि अस्पताल छ, निजामती कर्मचारीको लागि अस्पताल छ । तर, राज्यको चौथो अंगको रुपमा काम गर्ने पत्रकारहरुको अस्पताल छैन । म सरकारसंग पत्रकारहरुका लागि पनि अस्पताल बनाउन माग गर्छु ।’

उनले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ मिडियाको पनि अस्तित्व हुने भएकाले मिडिया र लोकतन्त्रको नङ र मासुको सम्बन्ध हुने बताए ।