बुटवल – आईएमई अटोमोटिभ्स प्रालि, एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित ‘हैद्रा १५ ४ पी’ क्रेनको नेपालमा बिक्री वितरणको सुरुवात गरेको छ । कम्पनीले बिहीबार बुटवलको कालिकानगरबाट एक औपचारिक कार्यक्रममार्फत सेवा सुरु गरेको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहन लाल जोशीले भने, “एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि मेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमा आएको वृद्घि सँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।”


ADVERTISEMENT

# # #


हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस् लिमिटेडले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता रहेको ‘हैद्रा १५ ४पी’ बजारमा ल्याएको छ । जसमा क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ एचपी को इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई लगायतका विशेषताहरु रहेका छन् ।

यसका साथै इन्जिनको टिकाउका लागि प्रि एयर सिलिण्डर र सुख्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान हुनुका साथै उतकृष्ट कार्य सम्पादनका लागि हेभि ड्यूटी ब्याक इन्ड, हेभि ड्यूटी एस्बेस्टोस मुक्त क्लच प्लेट, उपकरण ओभरलोड हुँदा अडियो वार्निङ्ग, डिस्क ब्रेक, होज प्रोटेक्सन फेलर डिभाइस लगायतका विशेष पनि उपलब्ध छन् ।