काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको प्रति नेकपाले दुःख व्यक्त गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेकपाले पार्टीले एक भरोसायोग्य युवा नेता गुमाएको बताएको छ ।


ADVERTISEMENT


पाथीभरा दर्शन गरेर तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाँदै गरेका मन्त्री अधिकारी सहित सात जना चढेको हेलिकोप्टर दुर्घटना हुँदा सबैको घटनास्थलमा नै मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


‘यस दुर्घटनाबाट मुलुकलाई अपुरणीय क्षती पुगेको छ । मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनशक्ति गुमाएको छ ।’ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री समेत रहेका केपी शर्माओलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालक गुमाएको छ ।’

नेकपाले दर्घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । दुई कार्यकाल संविधानसभा सदस्य, संसद सदस्य, विकास समितिको सभापति साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुप मन्त्री अधिकारीले निर्वाह गरेको भूमिका मुलुकले सम्झिरहने नेकपाले बताएको छ ।

कमरेड अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटिका एक होनहार सदस्य, विकासप्रमि जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको छ । विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हाम्रो पार्टी दिवंगत कम्रेड रवीन्द्रप्रसाद अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’

बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे रहेका छन् । यस्तै प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले समेत दुर्घटनामा ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार :

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

– मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल, बुवाआमालाई काठमाडौँ ल्याइयो

– पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त