नारायण ढुंगाना, सुकेटार – प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।


ADVERTISEMENT


काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको हो । सेनाको नाइटभिजन हेलिकप्टर हाल सुकेटार विमानस्थलमा छ ।


ADVERTISEMENT

# # #


काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । रासस

सम्बन्धित समाचार :

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

– मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल, बुवाआमालाई काठमाडौँ ल्याइयो

– पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त