काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले स्व. रवीन्द्र अधिकारीले नेपाली राजनीतिका क्षेत्रमा पुर्याएको योगदानको सधै स्मरण भइरहेने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार टुडिँखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रमपछि नेता खनालले अधिकारीलगायत सातै जना नेपालका होनाहार नागरिकको दुर्घट्नामा ज्यान गएकोमा दुःख प्रकट गरे ।


ADVERTISEMENT

# # #


‘यो घट्ना अकल्पनीय हो । हामी कसैले कल्पना गर्न सक्दैनौँ’ नेता खनालले भने, ‘दुर्घटनामा ज्यान गुमाउन पुगेका रवीन्द्र अधिकारी एक उदयीमान नेता हुनुहुन्थ्यो । अधिकारीले सानै उमेरमा नेपालको कम्युनिष्ट राजनीतिक क्षेत्रमा जुन योगदान दिनुभएको थियो त्यो अत्यन्त महत्वपूर्ण छ ।’

उनले विद्यार्थी आन्दोलन, कम्युनष्टि आन्दोलन वा लोकतान्त्रिक देशभक्तिपूर्ण आन्दोलनहरुमा अधिकारीले पुर्याएको योगदान समरणीय भएको बताए ।