बुटवल– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मन्त्रिपरिषदले नेकपालाई प्रतिबन्ध लाउनुभन्दा देशमा भैरहेको आतंकवादी गतिविधि रोक्नतर्फ लाग्नुपर्ने बताएका छन् । देशभर आतंकवादका गतिविधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानुन विपरित गतिविधि गर्न कोही कसैलाइ पनि छुट नभएको प्रष्ट पारे ।


ADVERTISEMENT


‘मन्त्रिपरिषदले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा विप्लवका गतिविधि रोकिने होइनन्, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ ।’ रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै डा।.महतले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


विप्लव नेकपामाथि प्रतिबन्ध ठिक कि बेठिक भन्ने प्रश्नमा उनले भने— ‘कानुन विपरित गतिविधि गर्न कसैलाई छुट छैन, सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’
सरकारले सहि गति लिन नसकेको भन्दै उनले प्रचारबाजीमा मात्रै समय बिताएको आरोप लगाए ।

रेल, पानीजहाजका गफ चुटेर सम्बृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरि काम गर्न सरकारलाइ सुझाए । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले काँग्रेस एक भएपनि संगठनात्मक कमजोरी रहेको उल्लेख गरे । अहिले सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न नसकेको भन्दै गति बढाउनुपर्ने बताए ।