काठमाडौँ – सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले ट्रोलका नाममा सम्मानित व्यक्तिको चरित्र हत्या गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


उनले राष्ट्रपति र प्रधानमन्त्री लगायत सम्मानित व्यक्तिका तस्बिरको स्वरुप बिगारेर सामाजिक सञ्जालमा गलत सन्देश दिनेगरी सम्प्रेषित स्टाटस र तस्बिरप्रति गम्भीर आपत्ति जनाएका छन् । यस्ता कार्य गैरकानुनी र अमानवीय रहेको भन्दै संलग्न व्यक्ति तथा समूहलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘सामाजिक संजाल सञ्चालन विधि बनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधिक कर्ममा लागेको जो कोही व्यक्ति अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसँग हामी जोडदार माग गर्दछौं’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई पहिचान गरेर कानुनी कारबाहीका लागि सम्बन्धित निकायसमक्ष बुझाउन युवासंघ लाग्नेछ ।’

‘हामी नेपाली’ लगायतका फेसबुक पेजमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन गरेको भन्दै ती पेज सञ्चालन गर्ने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने उनले चेतावनी दिएका छन् ।