काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध नहटाए सरकारविरूद्ध नै प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिबन्ध नहटाइए सरकारविरूद्ध नै संघर्ष गर्ने चेतावनी दिईएको छ ।


ADVERTISEMENT

# # #


चैत १६ गते नेपाल बन्द गर्ने घोषणा सहित विज्ञप्तिमा चैत २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने उल्लेख छ। १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको बिरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।