नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशको नाममा सम्बोधन गर्दै आफ्नो देश बुधबारबाट अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा भारतले आज अभूतपूर्व सिद्धि हासिल गरेको दावी गरेका छन् । उनले भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ज गरेको जनाएका छन् ।


ADVERTISEMENT

# # #


विश्वका तीन देश अमेरिका, रुस र चीनलाई मात्रै यो सफलता विगतमा प्राप्त भएकोमा अब भारत पनि त्यो सूचीमा थपिएको उनले जनाएका छन् । भारतले बुधबार अन्तरिक्षमा ३०० किमी दूरीमा रहेको लो अर्बिट सेटलाइटलाई अवतरण गराएको जनाएको छ । यो लक्ष्य तीन मिनेटको अवधीमा हासिल भएको थियो । यसका लागि उनले भारतीय वैज्ञानिकलाई बधाइ दिएका छन् एजेन्सी