एजेन्सी – अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा भएको छ । विदेशी साइबर हमलाबाट अमरीकी कम्प्युटरलाई बचाउन राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।


ADVERTISEMENT


ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । उनको यो आदेश अन्तर्गत अमरिकी कम्पनीलाई विदेशी टेलीकम सेवाको प्रयोग गर्न प्रतिबन्ध गरिएको छ । आदेशमा भनिएको छ कि यी विदेशी टेलीकम सेवाबाट राष्ट्रिय सुरक्षा खतरामा पर्नसक्छ । यद्दपी उनले आफ्नो आदेशमा कुनै पनि कम्पनीको नाम भने लिएका छैनन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति ट्रम्पले यो कदम विशेष गरी चिनियाँ कम्पनी हुवावे विरुद्ध उठाएको कतिपय विश्लेषकले अनुमान गरेका छन् । केहीले यसका उत्पादनको प्रयोग चिनियाँ जाशुसीका लागि प्रयोग गरिन्छ भन्ने आशंका व्यक्त गरेका छन् ।

टेलीकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हुवावेले यस आशंकालाई निराधार बताइसकेको छ । उसले आफ्ना उत्पादनले कसैलाई नोक्सानी नपुग्ने र कुनैकिसिमको जासुसीमा प्रयोग नगरिने स्पष्ट पारिसकेको छ ।