काठमाडौँ – माछापुच्छ्रे बैंकले रुपन्देहीमा १ शाखा रहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


योसहित माछापुच्छे बैंकको हालसम्म ९८ शाखा रहित बैँकिङ्ग सेवा सुचारु भईसकेको बैँकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।


ADVERTISEMENT

# # #


बैँकले देशभर १०० वटा शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकलाई बैँकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैँकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।