काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जाँदै गर्दा प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न साढे ४ बजे अवतरण गरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली ४० मिनेट आर्मी ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले हिमालय पोष्टलाई जानकारी दिए । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तुका लागि उडेका थिए ।


ADVERTISEMENT

# # #