एजेन्सी – भारतमा फेरि पनि नरेन्द्र मोदीकै सरकार हुने पक्का भएको छ । भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले चौतर्फी रुपमा जित हासिल गरिरहेको छ ।


ADVERTISEMENT


मतगणना अन्तिम चरणमा प्रवेश गर्दा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ । जसका लागि भाजपा एक्लैको बहुमत पुग्ने देखिन्छ ।


ADVERTISEMENT

# # #


पछिल्लो नतिजा अनुसार भाजपा नेतृत्वको गठबन्धनले २४५ स्थानमा अग्रता लिएको छ । उसले १०३ स्थानमा जित हासिल गरिसकेको छ ।

सम्बन्धित समाचार :

– जितसंगै मोदीले ट्वीटरमा आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाए

– प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनमार्फत बधाई

– हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई

– मोदीलाई बधाइ दिँदै इमरान खानले भने, ‘शान्ति र समृद्धिका लागि संगै काम गरौँ’

 

भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि भाजपाले यसपटक राम्रो मत ल्याएको छ ।

राजस्थान, छत्तीसढ र मध्य प्रदेशमा भाजपाले सन् २०१४ मा राम्रो प्रदर्शन गरेका थियो । तर डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा कांग्रेससँग हारेको भाजपाले त्यहाँ पुनः जित हासिल गरेको छ ।

हालसम्मको अवस्थामा छत्तीसगढका ११ सिटमध्य ९ सिटमा भाजपाको अग्रता छ । त्यस्तै राजस्थानको २५ सिटमध्य १ बाहेक सबै सिटमा भाजपा अगाडि देखिन्छ । ती दुई राज्यको तुलनामा बढी सिट रहेको मध्य प्रदेशमा पनि २९ मध्य २८मा भाजपाको मतसंख्या बढी छ ।

भाजपाले यी तीन राज्यका अतिरिक्त विहार, उत्तर प्रदेश, दिल्ली, गुजरातजस्ता हिन्दी भाषी प्रदेशमा राम्रो गरेको छ । भाजपाको उलेख्य अग्रतामा हिन्दी भाषी प्रदेशहरुको सबैभन्दा ठूलो योगदान देखिन्छ ।