काठमाडौँ – प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा आएको उक्त शाखाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उद्घाटनपछि बोल्दै अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे।


ADVERTISEMENT

# # #


आरुघाट शाखा समेत गरी बैँकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।