काठमाडौँ – प्रभु बैंक लिमिटेडले हुम्लाको खार्पुनाथ गाउँपालिकामा नयाँ शाखा कार्यालय खोलेको छ । बैँकले बुधबार गाउँपालिकाको वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन एक समारोहका विच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका छन् । शाखा कार्यालय उद्घाटनपछि बोल्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले बैँकको शाखाबाट गाउँपालिकाका सम्पूर्ण स्थानीय र कारोबारवाला लाभान्वित हुने बताए ।


ADVERTISEMENT

# # #



खार्पुनाथ शाखा समेत गरी बैँकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।