काठमाडौँ – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को रोकिएको काम पुनः सुचारु हुने भएको छ । फाउण्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ एक विज्ञप्ती जारी गर्दै काम सुचारु गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


चितवनवासीले रंगशाला निर्माणको कामलाई पुनः सुचारु गर्नका लागि आग्रहका साथै सहज वातावरणको प्रतिवद्धता जनाएपछि निर्माणको काम सुरुचारु गर्ने निर्णय गरेको फाउण्डेसन बताएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय बासिन्दाले गत जेठ १५ गते सडक निर्माणका फाउण्डेसनले केही जग्गा नछाडेको भन्दै रंगशालाको लागि लगाइएको तारबार डोजर लगाएर भत्काइदिएका थिए । बार भत्काएपछि कार्यस्थलका आफ्ना कर्मचारीको सुरक्षा व्यवस्था बारे प्रश्न गर्दै फाउण्डेसनले काम गर्ने वातावरण भंग भएको भन्दै रंगशालाको काम स्थगित गरेको थियो ।

रंगशालामा डोजर लगाउने मुख्य योजनाकारका आरोप लगाउँदै नेकपाका नेता प्रकाश कँडेलसतिको टोलीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । नेकपाले उक्त प्रकरणपछि कँडेललाई पूर्णरुपमा र सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरेको थियो । तर, भविष्यमा रंगशाला निर्माणमा अवरोध नगर्ने सहमत भएसंगै उनीहरुलाई छाडिएको थियो ।

सम्बन्धित समाचार
– धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाको घेरबार स्थानीयले भत्काए
– चितवनमा रंगशाला भत्काउने नेता प्रकाश कँडेललाई नेकपाद्वारा निलम्बन
– भरतपुर महानगरद्वारा क्रिकेट रंगशालाका लागि साढे ६ करोड बजेट विनियोजन

रंगशाला निर्माणको काम रोकिएको करिब डेढ महिनापछि धुर्मस सुन्तली फाउण्डेसनले पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

फाउण्डेसनको विज्ञप्तीमा भनिएको छ, ‘परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीत ५ हजार १ सदस्यीय मूल सहयोग समितिको सचिवालय बैठकले रंगशाला निर्माणका लागि पटकपटक गरेको आह्वानका साथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौँ ।’

निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिन फाउण्डेसनले अपील गरेको छ ।

करिब ३ अर्बको लागतमा बन्ने रंगशालामा क्रिकेटका सबै फुटबल, भलिबल, स्वीमिङ्ग लगायतका विभिन्न खेलका लागि पनि उपयोगी हुनेगरी बन्दैछ । आम जनताको सहयोगबाट बन्ने भनिएको रंगशालाका लागि धुर्मुस सुन्तली फाउडेसनले सहयोग संकलन गरिरहेको छ ।

यस्तै सरकारी स्तरबाट पनि रंगशालालाई सहयोग मिलेको छ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेश ३ सरकारले तीन करोड तथा भरतपुर महानगरले साढे ६ करोड बजेट गौतम बुद्ध रंगशालाका लागि छुट्याएका छन् ।