काठमाडौँ – यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । शुक्रबार नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए र सबै सकुशल रहेका छन् ।


ADVERTISEMENT

# # #


धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।